काठमाडौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गर्नेमाथि कारबाही हुने बताएका छन् ।
आफ्नो पार्टीको ह्रीप नमानेको भन्दै नेपाल समाजवादीका साँसद फणिन्द्र देवकोटालाई संसदीय दलले निलम्बन गरेर कारबाही गर्ने बताएका छन् ।
साँसद देवकोटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका थिए ।
सोमबार उनले माओवादीको ह्रीप नमानेर मुख्यमन्त्री सुरेन्दराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।