काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय निर्णायक शक्ति नभएसम्म मूलुकमा वेथिति कायम रहिरहने बताएका छन् ।
नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्न काठमाडौका अगुवा र युवाहरुलाई उनले आब्हान पनि गरे । देशको राजनीतिक स्थीरता र विकास तथा सम्वृद्धिको लागि एमालेको विकल्प नभएकोले आफ्नो दललाई अग्रस्थानमा पुर्याउनुपर्नेमा ओलीले जोड दिए ।
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टी कामको बस्ुतनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गरे । जनतामा जान र कामबाट श्रेष्ठता हासिल गर्न पनि उनले जोड दिए ।
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौका जनताले नेकपा एमालेलाई अग्रस्थानमा पुर्याउन भूमिका खेल्नुपर्नेमा जोड दिइन ।
काठमाडौं इन्चार्ज आनन्द पोखरेल,बागमती प्रदेश कमिटी अभ्यक्ष कैलाश ढुँगेल लगायतले पनि आ आफ्नो धारणा राखेका थिए ।
करिव ५ सय ८५ प्रतिनिधीले भाग लिएको जिल्ला अधिवेशनमा यसअघि अध्यक्ष वा सचिव भएर काठमाडौमा पार्टी नेतृत्व गरेर भूमिका खेल्नेहरुलाई सम्मान समेत गरिएको उक्त अधिवेशन ३ दिन चल्ने बताइएको छ ।