काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चाको आवश्यकता र औचित्य सकिएको बताएका छन् ।
सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डप्रति आक्रोशित हँुदै उक्त कुरा बताएका हुन् । मोर्चा नै सकिएपछि यसको कुनै औचित्य नहुने बताएका यादव आफ्नो दल विभाजन पछि सरकारबाट वाहिरिएका हुन् ।
यसैबिच बुधवार मोर्चाका संयोजक नेत्र विक्रम चन्द विप्लवले यादवसँग पछिल्लो राजनीतिक गतिविधि बारे छलफल भएको उनले बताए । यादवले प्रचण्ड र ओली मिलेर आफ्नो पार्टी फुटाएको गम्भिर आरोप पनि लगाए ।