काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ।
मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।
महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।