नयाँ दिल्ली । चर्चित बलिउड अभिनेत्री कंगना रनौत भारतीय लोकसभा सदस्य पदमा निर्वाचित भएकी छन् । हिमाञ्चल राज्य मण्डी निर्वाचनक्षेत्रबाट विजयी भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय जनता पार्टी(भाजपा)को तर्फबाट उम्मेदवार बनेकी उनको निकटतम प्रतिद्धन्द्धि काँग्रेसका उम्मेदवार विक्रमादित्य भन्दा करिब ७० हजार मतान्तरले विजयी बनेको जनाइएको छ ।