भारत । भारतको ओडिशा राज्यमा व्यापक गर्मीको कारण गत ७२ घण्टामा ९९ जनाको मृत्यू भएको छ ।
विशेष राहत आयोग ओडिशाका अनुसार त्यहाँ केहीदिन यता ४२ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ । मृत्यू हुने अधिकांशको लु लागेर मृत्यू भएको छ ।
भारतको बिहारमा पनि अघिल्लो साता २० जनाको लु कै कारण मृत्यू भएको थियो । ओडिशामा हालसम्म गर्मीकै कारण १४१ जनाको मृत्यू भैसकेको छ ।
यस वर्ष भारतमा व्यापक तापक्रम मापन गरिएको छ । भारतको बिहार,उडिशा,झारखण्ड,दिल्ली,राजस्थान,उत्तरप्रदेश लगायतका राज्यहरुमा ४० देखि ४८ डिग्रीसम्म तापक्रम पुगेको जनाइएको छ ।