काठमाडौं । आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस । ३०६३ सालमा संसदबाट नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेदेखि यता यो दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ को धारा २४ ले मौलिक हकको रुपमा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई स्थापित गरेको छ ।
प्रचलित नेपाली कानूनले कसैले कसैलाई छुवाछुत तथा भेदभाव गरको प्रमाणित भएमा ३ बर्षसम्म कैद वा एकहजार देखि २५ हजार नगद जरिवानाको व्यवस्था गरेको छ । एउटा संवैधानिक अंगको रुपमा राष्ट्रिय दलित आयोगको ब्यवस्था गरिएको छ ।
कानूनी रुपमा यस्ता ब्यवस्था हुँदाहुँदै पनि जातीय भेदभाव र छुवाछुतका घट्नाहरु यदाकदा अझैपनि सुनिंदै आएका छन् । बर्तमान समाजमा यस्ता कुराहरु निषेध हुनुपर्दछ । सबैले सबैलाई सम्मान गर्ने परिपाटीको स्थापना गर्नुपर्दछ । जातिय आधारमा विभेद गर्नु र कसैले पनि अर्काको मर्यादामा आँच आउने कार्य गर्नु दण्डनीय छ ।