काठमाडौं । टी २० विश्वकप क्रिकेटको नवौं सँस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा अहिले खेलिरहेका छन् डालास घरेलु टोली अमेरिकाले टस जितेर बगि रोजेको छ । क्यानडाले ब्याटिंग थालेका छन् ।
अमेरिकाले आयोजक राष्ट्रको रुपमा पहिलो पटक विश्वकप खेल्दैछ । यसैगरी क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिाक र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको यो विश्वकपका केही खेल अमेरिका र धेरै जसो खेल वेस्ट इन्डिजमा हुनेछन् ।
आजको दोश्रो खेल आयोेजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी बीच हुनेछ ।
यसपालीको विश्वकपमा २० देश सहभागी छन् । नेपालले दोश्रोपटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन २०१४ मा नेपालले बंगलादेशमा भएको विश्वकप खेलेको थियो । नेपाल आफ्नो समूह डी मा दक्षिण अफ्रिका,श्रीलंका,नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पहिलो खेल मंगलवार नेदरल्याण्डससँग खेल्दैछ ।