काठमाडौं ।
सरकारले हातहतियार राख्न पाउने इजाजतप्राप्त ब्यक्तिले हतियार बोकेर हिड्न यात्रा अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यसरी यात्रा अनुमति लिएका व्यक्तिले पनि सरकारले तोकेको स्थानमा भने हतियार लिएर यात्रा गर्न पाउने छ्र्रैनन् । सर्वाेच्च अदालतको आदेशको कार्यान्वयन गर्दै विहिबारको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।