काठमाडौं। नेकपा एमालेले आयोजना गरेको राष्टिूय महिला भेला आज पनि जारी छ । आज विभिन्न १२ समूहले सातवटा विषयमा सामुहिक छलफल गर्ने आयोजकले बताएका छन् । संविधानले गरेको महिला हकको व्यवस्थाको कार्यान्वयनको अवस्था, पार्टी,संसद, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागिता लगायतका विषयमा भेलामा छलफल गरिने जनाइएको उक्त भेलाको उद्घाटन पूर्व राष्टपति विद्यादेवी भण्डारीले गरेकी थिइन ।
भेलामा पार्टीका केन्द्रीय सदस्य,पार्टीका २३ वटै सङ्गठनका महिला नेता,संघ,प्रदेश,स्थानीय तहमा निर्वाचित महिला,पार्टीका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी,अखिलवाट निर्वाचित पदाधिकारी सहित करिव ५ हजारको सँख्यामा भेलामा सहभागी छन् ।
भेलाले महिलाको नेतृत्व विकास लगायत समसामयिक प्रस्तावहरु संलग्न गरी घोषणापत्र जारी गर्दै आजै भेला सम्पन्न हुने आयोजकले बताएका छन् ।