धनगढी । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन कांग्रेस–एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा मागेको हो।
केन्द्रमा समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिइएको छ।
‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ,’ कांग्रेस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौँ।’
केन्द्रमा राजनीतिक समिकरणमा आएको फेरवदलले त्यहाँ असार १ गते प्रस्तुत गरेको वजेटमाथि छलफल समेत हुनसकेको छैन् ।