काठमाडौ । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।
शनिबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बर्ताैलाका अनुसार बैठक पछिल्लो राजनीति परिस्थितिमा केन्द्रित हुनेछ ।
एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिई संसद सचिवालयलाई पनि जानकारी दिएर अब प्रतिपक्षमा रहने भनिसकेको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी संसदबाट असार २८ गते विश्वासको मत लिने जानकारी पत्रमार्फत संसद सचिवालयलाई जानकारी दिइसकेका छन्।