काठमाडौं । सत्ता गठबन्धन परिवर्तन हुने विकसित राजनीतिक घट्नाक्रमको बारेमा छलफल गरी निर्णय गर्न विभिन्न राजनीतिक दलहरु आन्तरिक बैठकमा ब्यस्त छने ।
यसैक्रममा नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।बैठक आज बिहान नौ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरेहेको बताइएको छ । ।
यसैबिच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ।
बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपा सांसद समेत रहेकी निशा डाँगीले जानकारी दिइन् ।मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेसँगै आज पुनः बैठक बसेको हो ।