काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् ।
सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने र यो सरकारको प्रकृति राष्ट्रिय सहमतिको हुने पोखरेलले बताएका छन् ।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।
नेपाली काँग्रेस र एमालेबिच सहमति बनेपछि आ आफ्नै दलकाको आन्तरिक छलफलमा उनीहरु जुटेको बेला महासचिव शंकर पोखरेलको उक्त भनाई बाहिर आएको हो ।