काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।
बैठकमा वर्तमान बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वपाले जनाएको छ । कांग्रेस र एमाले बीच सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।
यसैबिच नेपाली काँग्रेस र नेकपा एमालले पनि मंगलबारकै लागि आ आफ्ना सचिवालय बैठक डाकेका छन् ।