काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसारअनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोजस्ता विषयमा छलफल हुनेछ।
यसैबीच सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेको कुराले राजनीतिक बृत्त तातेको बेला नेपाली कांग्रेसले बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।