काठमाडौ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । यहि बायुको प्रभावले आज गण्डकी,कर्णाली र सुदुरपश्चिमका थोरै स्थानहरुका साथै कोशी,बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याँग सहित मेघगर्जन हुने र हल्कादेखि मध्यम वर्षा भैरहेको जनाइएको छ ।
आज विहिबार दिउसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहनेछ । कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । यसका साथै कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिमका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
राती कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा साधारणदेखि पूर्णतया बदलीरहि बाँकी भूभागमा आँशिकदेखि साधारण बदली रहने र कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षादेखि मध्यम वर्षाको सम्भावना रहको विभागले उल्लेख गरको छ । साथै कोशी,मधेश,बागमती र ष्ण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको पनि विभागको पूर्वानुमान रहेको छ ।