हेटौडा । बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ ।
सिमेन्ट उत्पादन गर्ने मेसिन, औजार लगायत सामग्री मर्मत गर्न भन्दै उद्योगको उत्पादन गत फागनुदेखि बन्द गरिएको थियो ।
नरेन्द्र भण्डारी उद्योगको अध्यक्षमा एक साता अगाडि मात्रै नियुक्त भएका हुन् ।
‘कोइला छैन भनेर चुप लागेर उद्योग बन्द गरिरहेको स्थिति थियो, अब सप्लायर्सले पनि कोइला पठाउन थालेको छ,’ भण्डारीले भने । उनका अनुसार ६५० कर्मचारी आवश्यक पर्नेमा हाल १८० जना कर्मचारी मात्रै छन्, जसमा करिब एक सय जना करारमा कर्मचारी राख्न परेको छ ।उद्योगसँग अहिले पनि करिब ४० हजार बोरा सिमेन्ट मौज्दात रहेको छ भने दैनिक औसत ५ हजार बोरा सिमेन्ट बिक्री भइरहेको छ ।
अध्यक्ष भण्डारीका अनुसार उद्योगमा अवकास प्राप्त कर्मचारीको आन्दोलन पनि स्थगित भएको छ ।२०७९ साउनदेखि अनिवार्य र स्वेच्छिक अवकास प्राप्त ३० जना कर्मचारीको रकम भुक्तानी गर्न नसक्दा कर्मचारीहरू आन्दोलित थिए ।