काठमाडौं । हाम्रो लघुकथा केन्द्रले साधारण सभा र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रले नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई लघुकथा केन्द्र सम्मान-२०८१बाट रु एघार हजार एक सय एघार,दोसल्ला, खादामाला र सम्मानपत्र सहित सम्मान प्रदान गरेको छ ।
यसैगरी साहित्यकार संस्थापक सदस्य नेपाली साहित्य समाज, उर्लाबारी मोरङका दिलिप राई ‘सगर’ लाई योगनाथ बास्तोला लघुकथा सम्मान-२०८१ नगद रु पाँच हजार एक सय दोसल्ला र सम्मानपत्रसमेत प्रदान गरेको छ ।
संस्थाकी अध्यक्ष लता के.सी.को अध्यक्षता, साहित्यकार अशेष मल्लको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि प्रा.डा. भरत भट्टराई तथा डा.विदुर चालिसे रहेका थिए।
सम्मानित स्रष्टाहरूलाई सम्मानपछि मन्तव्यको कार्यक्रम भएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सहसचिव मिना पौडेल ‘वियुन्स’ ले गरेकी थिइन् ।स्वागत मन्तव्य कोषाध्यक्ष सत्या अधिकारीले गरेकी थिइन् । पहिलो चरणको कार्यक्रम समापन लता के.सी.ले गरेकी थिइन् । संस्थाको आजीवन सदस्य लगायत ६० जना अन्य साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा संस्थाका अध्यक्ष लता के.सी.ले नयाँ कार्यको प्रस्तावना, सचिव रामराजा के.सी.ले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष सत्या अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।