काठमाडौं । आज फागु पूर्णिमा अर्थात उत्सवको पर्व ।
उल्लासमय बातावरणमा स्वदेशी मात्र नभएर विदेशी पाहुनाहरु समेत फागु पर्वको मज्जा लिइरहेका छन् ।
काठमाडौंको बसन्तपुर, टुँडिखेल, दरबारमार्ग लगायतका क्षेत्रमा होली विशेष सांस्कृतिक कार्यक्रम राखिएको छ।
ठमेल काठमाडौंको पर्यटकहरु बस्ने मुख्य केन्द्र यहाँ पनि विदेशीहरु फागुको उत्सवमा रमिरहेका भेटिए । यसले प्रष्ट पारेको छ कि पर्व पनि भाषा जस्तै हो । सकारात्मक भावमा उल्लासमय बातावरणमा रमिरहेका छन् होलीमा विदेशी पर्यटकहरु ।
नेपाली मित्रहरुसँग रमाउँदा उनीहरु उत्साहित देखिए ।