काठमाडौं । चर्चित साहित्यकार पारिजातको नाउँमा स्थापित पारिजात सम्मान २०८१ को घोषणा गरिएको छ ।
उनको ९१ औं जन्मजयन्तीको अबसरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको हो ।
बाल साहित्य सम्मानबाट तेजप्रकाश श्रेष्ठ,पारिजात कला सम्मानबाट मुर्तिकार एवं चित्रकार उत्तम डंगोल,पारिजात सृजना सम्मानबाट बिना थिंगलाई सम्मानित गरिने भएको छ ।
यसैगरी पारिजात संघर्षशिल नारी सम्मानबाट डा. बिन्दा पाण्डेलाई सम्मानित गरिने घोषणा भएको छ ।
सम्मानित व्यक्तिहरुलाई आगामी २०८२ साल बैशाख ५ गते पारिजात स्मृति दिवसको दिन सम्मान अर्पण गरिने आयोजकले बताएका छन् ।