काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै बनेर देखाउन महिला नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघको एक कार्यशालामा सभापति देउवाले उक्त कुरा बताएका हुन् । भोलीका दिनमा महिलाहरु सक्षम भएर राष्ट्रपति सम्म बन्न सफल हुनुपर्नेमा उनको जोड थियो । काँग्रेस जहिल्यै अन्तरघातको शिकार बनेकोले त्यसबाट मुक्त पार्न महिलाहरुको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताए ।निर्वाचनमा अरु दलका महिला जित्ने तर हाम्रा महिला हारिरहेका छन् त्यसैले अब कसरी निर्वाचन जित्ने भन्ने कुरामा तयारी हुनुपर्दछ उनले अगाडि भनेका छन् ।