काठमाडौ । नेपाली काँग्रेसका नेता डां शेखर कोइरालाले नेपाली काँग्रेस एक भए अरु गठबन्धन गरिरहनु नपर्ने बताएका छन् ।
विहिबार लैगिक समानता अभिवृद्धिका लागि नेपाल महिला सँघको भावी कार्ययोजना निर्माण कार्यशालामा कोइरालाले उक्त कुरा बताएका हुन् ।
काँग्रेस जहिल्यै घात,प्रतिघातको शिकार भएकोले अरु दलसँग गठबन्धन गरिरहेकोले सबै काँग्रेस एक भएर लाग्ने हो भने हामीलाई कुनैपनि दलले हराउन नसक्ने उनले जिकिर गरे ।