काठमाडौ । काठमाडौ महानगरपालिकाले न्यूरोडक्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रको रुपमा घोषणा गर्न लागेको विरोधमा यहाँका स्थानीयबासी तथा व्यापारीहरु प्रदर्शनमा उत्रेका छन् ।
विश्वसम्पदामा रहेको बसन्तपुर दरबारक्षेत्र र काठमाडौको प्रमुख ब्यापारिक केन्द्र न्यूरोडलाई सवारी क्षेत्र निषेधित बनाउने योजना सहित महानगरले नीति तथा कार्यक्रम ल्याएको छ । यहि कार्यक्रम अन्र्तगत पहिलो चरणमा नयाँ सडकक्षेत्रको पार्किग हटाएको थियो भने दोश्रो चरणमा यात्रु चढाउने र ओराल्ने प्रणाली लागू गर्न खोजिरहेको छ । तर महानगरको यो निर्णय विरुद्ध बुधबार स्थानीयहरु विरोध प्रदर्शनमा उत्रेका छन्