काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी बुधबार स्वदेश फर्किएका छन् ।
उनी जर्मनीको बर्लिनबाट दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा गएका राष्ट्रपतिको स्वगतका लागि उपराष्ट्रपति रामसहायक प्रसाद यादब ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पौडेलको स्वागत गरे ।
विदेश भ्रमणका क्रममा राष्ट्रपति पौडेलले आइएलओका महानिर्देशक गिल्बर्ट एफ हुँगबो,स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्ड,जर्मन समकक्षी फ्रयाँक वाल्टर लगायतसँग भेटवार्ता गरेका थिए ।