काठमाडौ । संघीय संसद सचिवालयले विना संस्थागत जानकारी र अनुमति बेगर गैरसरकारी सँस्थाहरुको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा सभामूख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सबै संसदीय समितिहरुलाई पत्राचा गरिएको हो ।
गत आइतबार प्रतिनिधिसभा राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि उक्त बैठक स्थगित भएको थियो ।