काठमाडौ । नेकपा एमालेको विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु धमाधम भैरहेका छन् । हालसम्म ६६ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । यि मध्ये अधिकांस जिल्लाहरुमा खुला प्रतिष्पर्धाबाट जिल्ला नेतृत्व चयन भएको छ ।
नेकपा एमालेका अनुसार ६६ जिल्लामध्ये ५५ जिल्लामा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन भएको छ भने ११ जिल्लाको नेतृत्व सर्वसम्मत चुनिएको छ ।
नेकपा एमालेले आन्तरिक प्रतिष्पर्धा बढाएको देखिएको छ । सबैजसो जिल्लामा लोकतान्त्रिक अभ्यास भएको छ । केन्द्रिय निर्वाचन विभागका अनुसार रुपन्देही,अर्घाखाँची,दाँग,रामेछाप,झापा,रसुवा,रुकुम पूर्व,रुकुम पश्चिम,कञ्चनपूर ,डडेलधुरा र मुगुमा सर्वसम्मत जिल्ला पदाधिकारी तथा सदस्यहरु चयन भएका छन् । यि बाहेकका जिल्लाहरुमा सर्बसम्मत हुन नसक्दा निर्वाचन अपनाइएको हो । २०८० फागुनबाट जिल्ला अधिवेशन प्रारम्भ गरेको एमालेले असार मसान्तसम्म जिल्ला कमिटीहरुको अधिवेशन गरिसक्ने जनाएको छ ।
सुदुरपश्चिम प्रदेशका अछाम,डोटी र बझाँग,कर्णाली प्रदेशको डोल्पा,मधेश प्रदेशको सिराहा,सप्तरी र धनुषा,कोशी प्रदेशको इलाम,तेह्रथुम र मोरँग,गण्डकी प्रदेशको मनाँगमा भने अधिवेशन हुन बाँकी रहेको छ । बाँकी जिल्लाको अधिवेशन गर्न पनि एमालेले तालिका प्रकाशित गरि तयारी गरिरहेको छ । सकेसम्म सहमति नसके मित्रवत स्वस्थ्य प्रतिष्पर्धा गर्ने एमालेको नीति रहेको बताइएको छ । निर्वाचनमा हिजो हुनेगरेका नेताहरुको आशिर्वाद र गुटबन्दीको पूर्णत अन्त्य गरिएको एक एमाले नेताले बताए ।