
काठमाडौँ। नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले‘एडुभर्स २०२४’ शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ।
विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि आयोजना गरिने यो मेला नोभेम्बर११ देखि २१ सम्म देशभरका ९ प्रमुख शहरहरूमा सञ्चालन हुनेछ। मेलामाअष्ट्रेलिया, बेलायत, अमेरिका,न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्व विद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्।
ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रु पौडेलकाअनुसार, मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययन सम्बन्धी विस्तृत जानकारी लिन पाउनेछन्। यस शैक्षिक मेलामा विद्यार्थीहरूले स्पटएडमिसन, अधिकतम छात्रवृत्ति र अन्यविशेष अवसरहरू प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहजबनाउनमहत्वपूर्ण भूमिका खेल्नेछ।मेलाइटहरीबाट सुरु भई विभिन्न शहरहरूमा आयोजना हुनेछ। नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ। आयोजककाअनुसार, यी प्रमुख शहरहरूमाआयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्यराखेको छ।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावनादूत दिपेन्द्र सिंहऐरीले पनिअधिकांश शहरका मेलामा उपस्थिति जनाउनेछन्। ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनलेविद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेलाविदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेषअवसरका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्व विद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिनपाउनेछन्। साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययनगन्तव्यछान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्र वृत्ति लाभलिन सक्नेछन्।आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ।यस मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्राअझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्ग निर्देशन प्रदान गर्नेछ।







