धनगढी । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता कार्यकर्तामाथि मुद्दा लाग्दा कहिल्यै हल्ला नगरेको बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यस्तो कुरा गरेका हुन् । उनले रास्वपा प्रति लक्षि गर्दै भने -“हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।”
उनले वर्तमान गठबन्धन पुरै टिक्ने दावी पनि गरे ।
देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुगेका हुन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक,पालिकास्तरीय भेटघाट, मेला,गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए ।