काठमाडौं । अन्तर्राष्ट्रिय साहित्य समाजको निर्वाचन तालिका सार्वजनिक भएको छ ।
आगामी २०२४ देखि २०२६ का लागि निर्वाचन तालिका गुणराज लुइटेल संयोजक रहेको अनेसास निर्वाचन समितिले सार्वजनिक गरेको हो ।
उक्त निर्वाचनको लागि वर्तमान महासचिव बिमला निरौला र बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । लालगोपाल सुवेदीले पनि उम्मेदवारी दिने बताएका छन् । अमेरिकी उपाध्यक्षको लागि वोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त र वर्तमान कार्यसमिति सदस्य सुदीप भट्टले चर्चा चलाएका छन् । त्यस्तै एशिया उपाध्यक्षको लागि कोरियाका प्रमोद सारंग,जापानका दिनेशराज ज्ञवाली र नेपालबाट सरिता अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यूरोपबाट डिल्ली अम्माइले उम्मेदवारी घोषणा गरेका छन् ।
यसरी नै महासचिव पदमा कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला र निवर्तमान अनेसास कोषाध्यक्ष निलुकृष्ण गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
निर्वाचनको लागि मतदाता सूची प्रकाशन जुन०५,२०२४ मा हुने तथा मतदान जुलाई ६,१२ बजेदेखि जुलाई ७ राती ११.५९ बजेसम्म हुने तय गरिएको छ ।