काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका राम्रा कुराहरु कार्यान्वयनमा लैजाने बताएकी छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मन्त्रिपरिषद निर्णयबाट तत्कालिन शिक्षामन्त्री गिरीराजमणी पोखरेलको संयोजकत्वमा २४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको थियो ।