काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध उपेन्द्र यादवले सर्वाेच्च अदालतमा दायर गरेको रीट उपर सुनुवाइ हेर्दाहेदैमा राखिएको छ ।
आज सर्वाेच्च अदालतमा भएको सुनुवाइ पछि सो रीट हेर्दाहेर्दैमा रहेको हो । माननीय न्यायाधिशद्धय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सो मुद्धाको सुनुवाइका्े लागि पेशी परेको थियो । सो मुद्धामा यादवले निष्कृय भएको कानूनमा टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रकृया पनि यथास्थितीमा राख्ने माग गरिएको छ ।
जसपा नेपालका १२ जना साँसदमध्ये अशोक राईको पक्षमा ७ साँसद छन् । तिनैको साथमा उनले निर्वाचन आयोगमा जसपा दर्ता गरेका हुन् ।