काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक,सरकारी ,गुठी,सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समिति बैठकले देशभर रहेका त्यस्ता जग्गाहरुको एकिन अभिलेखीकरण गर्दै समितिमा पेश गर्ने निर्देशन गरेको हो ।
समितिको बैठकले सार्वजनिक,सरकारी,गुठी,सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखीकरण संरक्षण गर्न दिएको छ । यसैगरी सरकारले उपलब्ध गराएका जग्गा सार्वजनिक जग्गाहरु फरक फरक प्रकृतिमा प्रयोग गर्ने ,अनाधिकृत रुपमा कब्जा गर्ने र व्यक्तिको सम्पत्तिको नाममा दर्ता गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कानून बमोजिम कारबाही गर्न भूमि ब्यवस्थालाई निर्देशन दिइएको समितिका सभापति पोखरेलले जानकारी दिए ।