काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले वर्तमान सरकार नढल्ने बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा बोल्दै उनले प्रतिपक्षी दलहरुले सरकार ढल्ने खालको आशंका पालेको बुझिएकोले त्यस्तो आशंका नगर्न आग्रह समेत गरे ।
काँग्रेस महामन्त्री गगन थापाले सरकार स्थीर नहुँदा बजेटमा एमालेले अपनत्व लिएको देखिएन भन्ने खालको अभिव्यक्तिप्रति लक्षित गर्दै आफ्नो दलले बजेटप्रतिको धारणा राखेकै आधारमा, अनि हाम्रा माननीयहरुले सुझाव दिएकै आधारमा बजेट नै पास हुन्छ कि हुँदैन् भनि टिप्पणी गर्नु उपर्युक्त नभएको बताए । उनले अगाडी भने ‘म भन्न चाहान्छु यो समिकरण त्यति कमजोर छैन् । माननीयज्यूहरुले पशुपतिमा धूप अक्षता गरेर यो सरकार आजै ढलोस ,भोली नै ढलोस भनिरहनु भएको छ । यो धुप अक्षताको कुनै अर्थ छैन्। ’उनले टिप्पणी गरे ।
।