No YouTube URL provided.
पनौती,काभ्रे । कवि सूर्यप्रसाद लाकोजूको नयाँ कविता संग्रह घामको पर्खाल सार्वजनिक भएको छ ।
कवि लाकोजूको उक्त कृति एक समारोह बीच साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, समालोचक प्रा डा कुमार कोइराला, ध्रुब मधिकर्मी, कवि लाकोजूले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा कवि लाकोजूको व्यक्तित्व र कृतित्वका बारेमा वक्ताहरू ध्रुब मधिकर्मी , डा कुमार कोइराला साहित्यकार मोहन दुवाल, समालोचक प्रा डा गोविन्दराज भट्टराई, साहित्यकार भीमप्रसाद काफ्ले, कवि रविन्द्र आशिष् शैली, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, कवि ध्रुब ताम्राकारले मन्तव्य व्यक्त गरेका थिए ।
लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आएका लाकोजूको विधागत कृतका दृष्टिले यो छैठौ कवितासङ्ग्रह हो । यस अघि उनका स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम , घाम फुल्ने याम गरी पाँचओटा कवितासङ्ग्रहका कृति प्रकाशन भएका छन् ।