काठमाडौं । देशका धेरै स्थानमा वर्षासँगै सानाठूला अधिकांश नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व_ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम, )पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । महाशाखाले यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान गरेको छ ।
पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।
यस्तै, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने केही साना नदीमा समेत बहाव बढ़ने महाशाखाको पूर्वानुमान छ ।
आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । साथै माथि उल्लेखित जिल्लाहरुमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरिएको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने केही साना नदीमा समेत बहाव बढ़ने महाशाखाको पूर्वानुमान छ ।
आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने महाशाखाको पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा उक्त कुरा जनाएको हो ।