काठमाडौं । भारतको लोकसभाको अन्तिम परिणाम बाहिरिएको छ ।
पाँच सय ५३ सीट मध्ये पाँच सय ५२ सीटको लागि भएको लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी(भाजपा)ले २ सय ४० सीटमा जीत दर्ज गरेको छ । भाजपा नेतृत्वको एनडीएलाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २ सय ९२ सीट जितेको छ ।
त्यसरी नै विपक्षी भारतीय राष्ट्रिय काँग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २ सय २४ सीटमा विजय हासिल गरेका छन् । यसमा काँग्रेका ९९,समाजवादी पार्टी ३७,डिएमके २२,तृष्णमूल काँग्रेस २९,शिवसेना ९,एनसीपीले ८ सीट जितेका छन् ।
उत्तरप्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ । यहाँ केवल ३३ सीटमा मात्र उसले जित हात पारेको छ । मोदी तेस्रो पटक जितेका छन् । भारतीय निर्वाचन आयोगका अनुसार ६४ करोड २० लाख जतिले यो निर्वाचनमा मतदान गरेका थिए ।