नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा भएको लोकसभा निर्वाचनमा विजयी भएका छन् ।
लोकसभा निर्वाचनमा वारणासीबाट उम्मेदवार भएका मोदी तेस्रो पटक लोकसभा सदस्य पदमा विजयी भएका हुन् ।
उक्त निर्वाचनमा आफ्ना प्रतिष्पर्धी राष्ट्रिय काँग्रेसका उमेदवार अजय रायलाई डेढलाख मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । अघिल्ला दुई निर्वाचनको भन्दा तुलनात्मक रुपमा भने उनको मतान्तर कम हो ।
सन् २०१९ मा उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका थिए । प्रतिद्धन्दी रायले ४ लाख ५९ हजार ८४ मतले पराजित गरेका हुन् ।