काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।
सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
वकिलहरूको भनाइ अनुसार बन्दी प्रत्यक्षीकरण सहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने सम्भाबना रहेको छ ।

