काठमाडौं । नेपाली भाषाको वर्णविन्यास सम्बन्धी विवाद सर्वोच्च अदालतबाट टुंगिएको छ । अदालतले आइतबार पाठ्यक्रम विकास केन्द्रबाट प्रस्तावित सम्पादन तथा प्रकाशन शैली पुस्तिकामा समावेश वर्णविन्यास प्रयोग गर्ने सम्बन्धी शिक्षा मन्त्रालयको निर्णयलाई बदर गरेको हो ।
रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले टिप्पणी आदेशका भरमा नेपाली भाषाको वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नमिल्ने ठहर गरेको हो ।