काठमाडौं । तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु खुला रहने भएको छ ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।आयोगको ललितपुर पुल्चोकस्थित केन्द्रीय कार्यालय, सातवटा प्रदेश कार्यालय र खोटाङ र नेपालगञ्जमा रहेका प्रदेशका शाखा कार्यालय तिहार र छठमा पनि खुल्ने उनले जानकारी दिए ।
चाडपर्वको बेलामा समेत मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले बताए ।