काठमाडौं । इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ ।
दोस्रो पटकको मतदान ५ जुलाई मा हुने छ ।२ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको कानून अनुसार कम्तिमा पचास प्रतिशत मत ल्याएमात्र विजय हासिल हुन्छ ।
इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।