काठमाडौं। मंगलबार पाकिस्तानको कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम वृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने त्यहाँ हजारौँलाई अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको पनि चिकित्सकहरूले बताएका छन् ।