काठमाडौं । केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।
मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।
बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो । चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो ।