काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको छ ।
मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय (इडी) ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो ।