नयाँ दिल्ली । प्रचण्ड गर्मीका कारण भारतमा दिनहुँ मानिसको जीवन गैरहेको छ ।
यहि कारण उत्तर प्रदेशमा मंगलबार मात्रै १७१ जनाको मृत्यू भएको छ । बुन्देलखण्ड,कानपूर लगायतका जिल्लामा दिनभर तातो लु चलेको थियो । ४६.४ डिग्रीमा तापक्रम उकालो लागेपछि दैनिकी प्रभावित बनेको बताइएको छ ।