काठमाडौ । चीन सरकारको उच्चस्तरीय एक टोली नेपालमा आइपुगेको छ । गृह मन्त्रालयको निम्तोमा आएको उक्त टोलीमा सिचुवान प्रान्तका उपप्रमुख एवं पब्लिक सेक्यूरिटिज विभागका प्रमुख ये हानपिन सहित ५ सदस्य रहेका छन् ।
आज विहानै नेपाल आएको उक्त टोलीले परराष्ट्र मन्त्री ,गृहमन्त्री,गृहसचिव लगायतका सरकारी उच्च पदस्थ ब्यक्तिहरुसँग भेट गर्ने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।
भेटमा आपसी सहयोग आदानप्रदान,द्धिपक्षिय हित र सुरक्षा चासोको बारेमा छलफल हुने बताइएको छ ।