FILE PHOTO: Malawi's Vice President Saulos Klaus Chilima arrives at a polling station in Lilongwe, Malawi May 21, 2019 in this still image obtained from REUTERS TV video. REUTERS TV/Eldson Chagara/via REUTERS
काठमाडौ । पूर्वी अफ्रिकी राष्ट्र मलावीमा उपराष्ट्रपति विमान वेपत्ता खवर छ ।
मलावीका सरकारी अधिकारीहरुले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन् ।मलावीको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मलावी डिफेन्स फोर्सको विमान टेकअप भएपछि राडार बाहिर गएको जनाइएको छ । उक्त विमान राजधानी लिलोग्वेबाट उडेको र मलावीको उत्तरी क्षेत्र मजुजुमा अवतरण गर्नुपर्ने थियो । उक्त विमानमा उपराष्ट्रपति सहित दशजना सवार थिए ।