काठमाडौ । पूर्वी अफ्रिकी राष्ट्र मलावीमा उपराष्ट्रपति विमान वेपत्ता खवर छ ।
मलावीका सरकारी अधिकारीहरुले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन् ।मलावीको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मलावी डिफेन्स फोर्सको विमान टेकअप भएपछि राडार बाहिर गएको जनाइएको छ । उक्त विमान राजधानी लिलोग्वेबाट उडेको र मलावीको उत्तरी क्षेत्र मजुजुमा अवतरण गर्नुपर्ने थियो । उक्त विमानमा उपराष्ट्रपति सहित दशजना सवार थिए ।