काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक स्थलमा आक्रमण्को प्रयास भएको छ । राजधानी कोपनहेगनको कुलटोरभेटमा उनलाई कुटपिट गरिएको बताइएको छ ।
आक्रमणकारी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री कार्यायले एक विज्ञप्ती जारी गरि सो खवरको जानकारी दिएको छ । आक्रमणकारीसँग सोधपूछ भैरहेको भए पनि अहिलेसम्म आक्रमणको कारण पत्ता लाग्न सकेको छैन ।