काठमाडौ । प्रधानमन्त्री पृष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।
तेस्रो कार्यकालका निम्ति निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागिता जनाउन उनी भारत जान लागेका हुन् । उनको साथमा कानून मन्त्री पदम गिरी,परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल बिष्णुप्रसाद गौतम रहेका छन् ।
शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणको टोलीको टुँगो लगाएको हो ।
ँ